राजधानी फर्किन सकिनन् राष्ट्रपति भण्डारी 



काठमाडौं : सोलुखुम्बु बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहमा सहभागी भएर राजधानी फर्किन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोलुखुम्बुको फाप्लुमै रोकिनु परेको छ ।

मौसममा आएको खराबीका कारण उनी चढेकी हेलिकप्टर फाप्लु नै फर्केपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति भण्डारी राजधानी फर्किन सकिनन् । 

कार्यक्रममा सम्बोधन गरी उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका लागि फर्किन लागेकी थिइन् ।

तर, खराब मौसमका कारण १५ मिनेटमै हेलिकप्टर फाप्लु विमानस्थलमा फर्किएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टर नेपाली सेनाको गुल्ममा छ । राष्ट्रपति भण्डारी विमानस्थल नजिकैको होटलमा बास बसेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस्