मंगलबारदेखि बेपत्ता युवक मृत फेला



ताप्लेजुङ : मिक्वाखोला गाउँपालिका–४ का युवक चार दिनपछि मृत फेला परेका छन्। गत मंगलबारदेखि बेपत्ता भएका २१ वर्षीय केशव खवासको शव शुक्रवार साँझ मेवाखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

खवास मेवाखोलामा हामफाली बेपत्ता भएको जानकारी आएपछि प्रहरीले खोजतलास गरेको थियो। उनी हामफालेको भनिएको स्थानभन्दा करिब २०० मिटर तल मृत फेला परेको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरीएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्