पाकिस्तान विमान दुर्घटना-‘मैले देखेको आगो मात्र थियो’



एजेन्सी– पाकिस्तानी शहर कराँचीमा शुक्रबारको विमान दुर्घटनाबाट बचेका एक व्यक्तिले आफ्नो अनुभव वर्णन गरेका छन् । उनले आगोमात्र देखेको बताएका छन् । मुहम्मद जुबैर दुर्घटनामा बाँच्न सफल दुई मध्ये एक यात्रु हुन् ।

शुक्रबार पाकिस्तान अन्तर्राष्ट्रिय वायु सेवाको ए३२० विमान वस्तिमा खसेको थियो । उक्त दुर्घटनामा ९७ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

मुहम्मद जुबैर कसरी उम्कन पाए?
फ्लाइट पीके ८३०३, एक विमान ए३२०ले ९१ यात्रु र आठ चालक दलका सदस्य परिवारसहित आइतबारको ईदको बिदामा लाहोरबाट यात्रा गरिरहेका थिए ।

उक्त विमान कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साढे २ बजे अवतरण गर्न कोशिस गरिरहेको थियो जब त्यो विमान तल झ¥यो ।

केवल सामान्य चोटपटक लागेका जुबैरका अनुसार विमानले अवतरणको कोशिस गर्यो र १०–१५ मिनेट पछि दुर्घटनाग्रस्त भयो ।

‘कसैलाई पनि थाहा थिएन कि हवाईजहाज दुर्घटना हुनेवाला छ । उनीहरूले सजिलैसँग विमान उडान गरिरहेका थिए’–उनले भने।

दुर्घटना पछि उनी बेहोस भए । उनले भने– ‘जब मलाई होस् आयो म सबै दिशाबाट चिच्याएको सुन्न सक्थे । बच्चाहरू र वयस्कहरू। मैले देखेको सबै आगो थियो । मैले कुनै मानिसलाई देख्न सकिँन । केवल तिनीहरूका चिच्याहटहरू सुने।’

‘मैले मेरो सिटबेल्ट खोले र केही प्रकाश देखे । म उज्यालोतिर लागे। सुरक्षा पाउँनको लागि म १० फिट तल झर्नुप¥यो–’ उनले थपे।

मृत्यु भएकाहरू मध्ये १९ जनाको पहिचान खुलेको छ ।

बैंक अफ पञ्जाबका अध्यक्ष जफर मसूद दुर्घटनामा परी बाँचेका अर्का यात्रु रहेको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । दुबै विमानको अगाडि थिए। त्यहाँ अन्य केही बाचेको हुनसक्ने आशंका गरिएपनि पुष्टि भने भएको छैन् ।

टिभी च्यानल २४ समाचारका एक वरिष्ठ पत्रकार, अन्सार नकवी, र पञ्जाब प्रकोप व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख, खालिद शेरदिललाई पनि यात्रु घोषणापत्रमा सूचीबद्ध गरिएको थियो।

पाकिस्तानको सुरक्षा रेकर्ड कस्तो छ?
पाकिस्तानमा थुप्रै विमान दुर्घटनाहरू भएका छन्।

२०१० मा निजी एयरलाइन्स एयरब्लूले चलाएको एउटा विमान इस्लामाबादको नजिकै दुर्घटनाग्रस्त भएको थियो । जसमा सवार १ सय ५२ जनाको मृत्यु भएको थियो । यो पाकिस्तानी इतिहासको सबैभन्दा भयानक वायु दुर्घटना हो ।

२०१२ मा पाकिस्तानको भोजा एयरले सञ्चालन गरेको बोइङ ७३७–२०० खराब मौसममा रावलपिंडीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । १ सय २१ यात्रु र छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको थियो ।

२०१६ मा पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान उत्तरी पाकिस्तानबाट इस्लामाबाद यात्राको क्रममा दुर्घटनामा परेको थियो जसमा ४७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्