सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन



काठमाडौं : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को सेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको छ ।

८१ वर्षीय सिंह २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।

महिलाहरुको कानुनी सहायता परियोजनामा पनि सिंहको उल्लेखनीय योगदान रहेको छ ।
उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् ।

काठमाडौंको पकनाजोल घर भएकी सिंहका एक छोरा जर्मनीस्थित एक सरकारी अस्पतालमा डाक्टर छन् ।

उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्