बलात्कारपछि हत्या अाराेप लागेका पाँच जनालार्इ सफाइ



महोत्तरी : साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ वर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ । 

 

सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुसार सबुत नभेटिएको भन्दै सफाइ दिएको हो । 

 

जिल्ला अदालत महोत्तरीले न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुसार सबुत प्रमाणको अभावका कारण पाँचै जनालाई सफाइ दिएको हाे । 

 

अदालतबाट सफाइ पाएपछि घटना भएलगत्तै पक्राउ परी पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका अभियुक्तमध्येका रामजीवन पनि रिहा भएका छन् । याे समाचार अाजकाे नागरिक दैनिकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्