समय सान्दर्भिक राष्ट्रभक्ती गीत ‘जित्छौँ हामी’ सार्वजनिक



काठमाडौं : बिनोद बानियाको स्वर र संगीतमा राष्ट्रभक्ती गीत ‘जित्छौँ हामी’ सार्वजनिक भएको छ । गीतमा संजोक बश्यालको शव्द र श्यामसुङ तामाङको संगीत संयोजन रहेको छ । गीतमार्फत सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ साथै जस्तोसुकै परिस्थिति आए पनि हाम्रो स्वाभिमान डगमगाउनु हुँदैन् भन्न खोजिएको छ । गीतको भिडियोलाई संजोक बश्याल र बिजय बश्यालले संयुक्तरुपमा निर्देशन गरेका छन् ।

भिडियोमा नेताहरु बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडीहरु अनिल गुरुंग, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकारहरु अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ, साहित्यकार सरस्वती प्रतिक्षा लगायतका व्यक्तिहरुलाई प्रस्तुत गरिएकोे छ । गीतको म्युजिक भिडियोलाई सबिन गायक, बिनोद पोखरेल, कमल पर्साइ र विवेक बस्यालको छायाँकन गरेका छन् । भिडियोमा डिओपी मिलन शंकरको, ड्रोनमा सुरज श्रेष्ठ र कमल प्रसाई तथा सम्पादन साहिल खान र विज्ञान राईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्