कलिला विद्यार्थीकाे हातमा बन्दुक



काठमाडाैं : आफूतिर बन्दुकको नाल सोझ्याउँदै गरेका तस्विर अगाडि भित्तामा लहरै र राखिएका छन्। हरियो चौरमा लाइनै सुतेर भित्तातिर एउटा सैनिक टोलि सत्रुलाई निशाना साधिरेहछ। 

यो यस्तो सैन्य तालिम हो, जो जहाँ करिअर बनाउन आएका होइनन्, यी त प्लस टु पढ्ने विद्यार्थी हुन्। जो सैनिक क्याम्पमा हतियारबद्ध तालिम लिइरहेका छन्।

केहि दिनको तालिम सकेर उनीहरु सैनिक क्याम्पमा जम्मा भएर पुनः अभ्यास गर्ने छैनन्। आ–आफ्ना शिक्षालयमा फर्केर किताब समाउने छन्  भन्ने खबर नेपाल साप्ताहिकमा छ। 

किताब समाउने उमेरकालाई नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले भने हतियार समाउन सिकाइरहेको छ।

एनसीसीले देशभरका विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई छानेर वार्षिक ५ हजार भन्दा बढीलाई अनुसासन, देशभीक्त, विपद् व्यावस्थापन, प्राथमिक उपचार, असल चालचलन, साहसिक क्रियाकलाप र सुरक्षासँग सम्बन्धित तालिक दिने गर्छ।

यसको एउटा अंग हो निशाना तालिम।  सेनाका प्रवक्ता सहयाक रथी यामप्रसाद ढकालका अनुसार सामान्यतः जुनियरमा १३ वर्ष देखि १६ र सिनियसमा १६ देखि १८ वर्ष उमेरका विद्यार्थी सहभागी हुन्छन्।

तर एनसीसीले उमेरका आधारमा समूह विभाजन गरेर तालिम दिने गर्छ। एनसीसी तालिममा हतियारबद्ध तालिम गराउनु कानुनविपरीत देखिन्छ। हालै संसदद्वारा पारित बादबालिकासम्बन्त्री कानुनमा १८ वर्षसम्मकालाई बालबालिका मानिएको छ।

बाल अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धि, १९९ को धारा ३८ मा बालबालिकालाई सैन्य प्रयोजनमा लगाउन नपाइने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्