सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई मानवअधिकार आयोगको आग्रह



काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले एकल महिला तथा अपांगा भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसँग आग्रह गरेको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै साठी वर्षमुनिका एकल महिला तथा नीलो परिचयपत्र प्राप्त गरेका अति अशक्त अपांगा भएका व्यक्तिहरुले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेको हो।

आयोगले लकडाउनका कारण अपांगता भएका व्यक्तिहरुलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएका व्यक्तिलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्