बुन्डेसलिगामा आज पाँच खेल हुँदै



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) पाँच खेल हुँदैछ । कोरोना भाइरसको महामारीकाबीच सुचारु भएको बुन्डेसलिगा फुटबलमा आज पाँच खेल हुन लागेको हो।

आज हुने खेलमा लिग लिडर वायर्नले घरेलु मैदानमा फ्रान्क्फर्टसँग नेपाली समय अनुसार राति १०:१५ बजे खेल्ने छ। यस्तै दोस्रो स्थानको डर्टमण्डले वुल्फवर्गको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ ।

अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेईवर्ग र वेर्डर ब्रेमेन तथा पाडेरबर्न र होफेनहाइमबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्