जापानी टेनिस स्टार ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी



एजेन्सी : जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी छिन् । फोब्स पत्रिकाका अनुसार २२ बर्षकी दुई पटककी ग्रान्डस्लाम उपाधि विजेता ओसाकाले पुरस्कार र विभिन्न प्रायोजनबाट ३० दशमलव ७ मिलियन पाउण्ड रकम आम्दानी गरेकी छिन् ।

पछिल्लो १२ महिनामा ओसाकाले ३८ बर्षकी सेरेना भन्दा १ दशमलव १५ मिलियन पाउण्ड रकम बढी आम्दानी गरेकी छिन् । फोब्सले सन् १९९० देखि महिला खेलाडीको बार्षिक आम्दानी सार्वजनीक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्