त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘लभ युहमेशा’ युट्युबमा सार्वजनिक (भिडियो)



काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । यो समयमा सर्वसाधरण फुर्सदमा छन् । यसै समयलाई मध्यनजर गदै केही चलचित्रहरू युट्युबमा रिलिज भइरहेका छन् । त्यस्तै चलचित्र ‘लभ यु हमेशा’ यु ट्युबमा सार्वजनिक गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा यशराज गराच, ऋचा थापा र फिजा योन्जनको मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रमा रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह निर्माण रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ,निराजन मेहता,पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा भासुको संगीत र एनवी महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्