व्याहुत युवा मञ्चको आयोजनामा रगत संकलन, ६४ जनाले गरे रक्तदान



जनकपुरधामः कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) लाई मध्यनजर गर्दै यस्तो संकटको घडीमा रगत अभाव हुन नदिनका लागि जनकपुरका केहि युवाहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषामा रगतको अभाव भएपछि आफुहरुलाई रेडक्रसले आग्रह गरेपछि रगत संकलनमा जुटेको व्याहुत युवा मञ्चका अध्यक्ष राकेश बिक्रम साहले बताए ।
सो कार्यक्रम स्थानीय युवाहरु रोहित कुमार साह,राहुल कुमार साह र अभिषेक अग्रवालको सहकार्यमा व्याहुत युवा मञ्चले आयोजना गरेको थियो ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अवधिमा ६४ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष साहले जानकारी दिए । अहिलेको विषम परिस्थितिमा सबैजनाले आ-आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि व्याहुत सेवा समितिका अध्यक्ष शम्भु साहले बताए ।

रक्तदान गर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा न.३ का वडाध्यक्ष दिपेन्द्र साह,उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा,स्थानीय युवाहरु रोशन बुढाथोकी,सुभाष पाण्डे,नविन सिंह,सरोज मण्डल,मनिष कर्ण,मनोज कुमार यादव,चन्दा देवी साह लगायत ६४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्