माटोको ढिस्कोले पुरिएर कैलालीमा एक महिलाको मृत्यु



सुखडः कैलालीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउपालिका वडा नं.३ बुटकौवामा माटोको ढिस्कोले पुरिएर सोहि वडाको खैरेनिकी ३६ बर्षिया डम्बरा खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक अनिष भण्डारीले जानकारी दिए ।

घटनामा परि सोहि ठाउका १९ बर्षिया कल्पना खडका र ९ बर्षिया सुनिल ढुङ्गाना घाईते भएका छन । घाईतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्