काठमाडौं लगिएकी बिरामीमा कोरोना देखिएपछि हेटौंडा अस्पतालको ओपिडी सेवा बन्द


हेटौंडा : हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ। सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेसनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए। यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना सङ्क्रमित महिलासँग विभिन्न चरणमा भेटभएका वा उनको उपचारमा संलग्नलगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने काम भइरहेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौँडा–३ का एकजनामा काठमाडौँकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

खोटाङ : कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र

वीरगन्ज– प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर

वीरगन्ज– पर्साको सीमावर्ती क्षेत्रबाट छिपहरमाई गाउँपालिकाबाट अवैध रकम २२ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौं– चीनको वुहान शहरबाट गत डिसेम्वरको अन्तिममा कोरोना भाइरसको संक्रमण फैलिँदा यतिसम्मको भयावह बन्छ भनेर

जनकपुरधामः धनुषामा लकडाउनको मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । लामो समयदेखि हुँदै

काठमाडौंः कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकलाई सरकारले शुक्रबारदेखि उद्धार गरी नेपाल ल्याउने भएको

काठमाडौं : देशभर अहिलेसम्म २ लाख ९ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : आज थप १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट

काठमाडौंः उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं,

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको

जनकपुरधाम: धनुषामा राज्यमन्त्रीका एकजना सहयोगीसहित ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । आज

काठमाडौं : कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको