थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो



काठमाडौं : थप ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये पुरुष ५०५ र महिला ७९ जना छन्।

नयाँ थपिएका संक्रमितहरु बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १/१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्