भरुवा बन्दुकसहित दुई जना पक्राउ



गोरखः भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

धार्चे गाउँपालिका-१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उहाँका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्