अनधिकृत रुपमा नक्सा छापेर बिक्री गरे नापी विभागले कारवाही गर्ने



काठमाडौं : नापी विभागले अनाधिकृतरुपमा नेपालको नयाँ नक्सा छपाई तथा विक्री वितरण गरे कारवाही गर्ने जनाएको छ।

आज एक सुचना सार्वजनिक गर्दै विभागले नक्सा छाप्नु र विक्री गर्नु दण्डनीय भएको भन्दै बिना स्वीकृति अनधिकृत तवरले छपाई र विक्री वितरण नगर्नरनगराउन आग्रह गरेको हो।

कानुन विपरित कसैले नक्सा छपाई तथा वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने विभागले जनाएको छ। विभागको वेवसाइटमा राखिएको नक्सा मात्र प्रयोग गर्न अपील गरिएको छ।

प्रतिक्रिया दिनुहोस्