संविधान संशोधन गर्दा मधेशको माग पनि सम्बोधन गर्न जनता समाजपादी पार्टीको आग्रह



काठमाडौं : नव गठित जनता समाजपादी पार्टीले संविधान संशोधन गर्दा मधेशको माग पनि सम्बोधन गर्न आग्रह गरेका छ ।

तत्कालिन समाजवादी पार्टी र तत्कालिक राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई भेटेर सो आग्रह गरेका हुन् ।

भेटमा उनीहरुले संविधान संशोधन गर्दा मधेशको माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा शुक्रबार दर्ता गराएको छ ।

यही बेला आफूहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने राजपा र समाजवादी नेताहरुले बताएका छन् ।

‘अनुसूची संशोधन गर्ने प्रस्ताव ठीक छ ।’ देउवासँगको भेटमा नेता राजेन्द्र महतोले भने–‘तर, मधेशका जनताले उठाएका मागहरुलाई पनि प्याकेजमा सम्बोधन गर्नु पर्छ ।’

जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिएका छन् ।
मधेश केन्द्रित दलहरुले नयाँ सविधान जारी भएदेखि नै संशोधनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्