सीमा विवाद चिनियाँ षड्यन्त्र- विधायक धामी



पिथौरागढ– नेपाल भारतबीच जारी सीमा विवादलाई धारचूलाका विधायक हरीश धामीले सोझै खारेज गरेका छन्।

धामीले काली नदीको उद्गम स्थल कालापानी रहेको बताएका छन् ।

‘यसैको वारी–पारी भारत र नेपाल छन्। खासमा हालैको दिनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि नेपालले आफ्नो दाबी गरिरहेछ’– उनले भने ।

यी तीनै क्षेत्र उत्तराखण्ड र धारचूला विधानसभाको हिस्सा हुन्। धारचूलाका कांग्रेस विधायक हरीश धामीले कालापनी विवादमा बयान दिँदै नेपाललाई कड़ा चेतावनी दिएका छन्।

पिथौरागढमा मीडियासित कुराकनीमा उनले भने– ‘कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ। चीनको भनाईमा आएर नेपालले भारत विरोधी बयान दिइरÞहेछ, जुन सोझै गलत हो।’

धामीले नेपालमाथि आरोप लगाउँदै भने– ‘भारतले नभएर नेपालले भारतको जमीनमा अतिक्रमण गरेको छ। सीमान्तका मानिस आफ्ना सीमाहरूको रक्षाको निम्ति हरेक समय तयार छन् ।’

जुन क्षेत्रमा विवाद चलिरहेछ, त्यो धारचूला विधानसभा अन्तर्गत पर्छ, जहाँका विधायक हरीश धामी हुन्।

प्रतिक्रिया दिनुहोस्