वीरगन्जको नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्के



वीरगन्जः कोरोना भाइरस कोभिड १९ को संक्रमित एक जना भारतीय नागरिक सहित नौ जनालाई उपचार पश्चात घर फर्केका छन ।

उनीहरुको उपचार सफल भई पूर्ण रुपमा संक्रमण मुक्त भएपछि शनिबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायले बताए ।

आज १० जनाको डिस्चार्ज गर्ने सम्भावना थियो, मेडिकल सुपरिटेन्डेण्ड उपाध्यायले भने एकजनाको रिपोर्ट आउँन बाकी रहेकोले नौ जनालाई मात्र डिस्चार्ज गर्नु परेको हो ।

डिस्चार्ज हुनेमा भारत दिल्लीका ४२ बर्षिय एकजना, रौतहट गुज्रा नगरपालिकाका ३५ बर्षिय, ईशनाथ नगरपालिका ८ का १९ बर्षिय र बृन्द्धावन भुसाहा नगरपालिका ९ का २४ बर्षिय गरी तीनजना रहेका छन । त्यसैगरी सिम्रणगढ नगरपालिका ४ बाराका ३१ बर्षिय १ जना, जितपुर नगरपालिका ७ का ४३ बर्षिय गरी २ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड उपाध्यायले बताए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का ३० बर्षिय, वीरगन्ज ३ का ५० बर्षिय र वीरगन्ज १६ का ५१ बर्षिय गरि ३ जनालाई डिस्चार्ज गरी आफन्तको जिम्मा लगाईएको छ । कोरोना संग लडेर जित हासिल गरेको नौ जनालाई उनका आफन्तहरुले फुल माला लगाएर भव्य स्वागत गरेका थिए ।

डिस्चार्ज भएको नौजनालाई वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार लगायत उनका आफन्तहरु हातमा फुलका गुच्छा प्रधान गरेर भव्य रुपमा स्वागत गरेका थिए ।

गत बैशाख १४ गते देखि २१ ग्ते भित्र नौजना कोरोना संक्रमित देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपनि उनीहरुको अवस्था समान्य रहँदै आएको थियो । कोरोना संक्रमणको कुनै प्रकारको लक्षण देखिएको थिएन ।
पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो, तर तेश्रो र चौथो रिपोर्ट लगातार नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नौ जनालाइ नै डिस्चार्ज गरी आफन्तहरुको जिम्मा लगाईएको उनले बताए । डिस्चार्ज गरिएका नौ जनाको उपचार पूर्ण रुपमा सफल भएपछि अस्पतालका चिकित्कस तथा नर्सहरुले फुलको गुच्छा प्रदान गरी स सम्मान गरी बिदाई गरेका थिए ।

डिस्चार्ज भएका नौ जनालाई एक हप्ता सम्म क्वारेन्टाईमा बस्न चिकित्सकले सुझाव समेत दिएका छन । चिकित्सकले कुनैपनि व्यक्ति संग अहिले सम्पर्कमा आउँनु हुदैन न त कतै हिड्डुल नै गर्नुपर्ने आवश्यक छ, जसरी पनि एकसाता सम्म होम क्वारेन्टाईनमा बस्नु पर्ने सुझाए ।

जिल्लामा कुल ९६ जना संक्रमित रहेका थिए । नारायणी अस्पतालमा ७१ जनाको र हालै स्वास्थ मन्त्रालयले वीरगन्जको गण्डक अस्पताललाई घोषणा गरेको कोभिड अस्पतालमा २५ जनालाई राखेर उपचार भईरहेको छ । नारायणी अस्पतालमा उपचार्थ ७१ जना मध्ये ९ जनाको उपचार पूर्ण सफल भएपछि आज डिस्चार्ज गरिएको हो । बाकी रहेको संक्रमितहरुको समेत स्वास्थ्य अवस्था अहिले समान्य रहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्