म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा



एजेन्सी : म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा न्युपोर्ट काउन्टीलाई ४-१ गोलअन्तरले हराउँदै सिटी क्वार्टरफाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीले चारवटै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५१औं मिनेटमा सिटीका लागि लेरोय सानेले पहिलो गोल गरे । ७५औं मिनेटमा फोडेनले टोलीलाई २-० को अग्रता दिलाए । 

८८औं मिनेटमा न्युपोर्ट काउन्टीका पाड्रिङ एमोन्डले जवाफी गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि ८९औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फोडेनले ब्यक्तिगत दोस्रो गोल गरे । 

खेलको अन्तिम समयमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्