ला लिगामा बार्सिलोनाको कठिन जित



एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको छ । शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । 

भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन् । 

दोस्रो हाफको अन्तिम समयतिर पनि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर मेसीको प्रहारलाई भालाडोलिडका गोलरक्षक मासिपले विफल पारे । 

जितसँगै बार्सिलोनाको २४ खेलमा ५४ अंक भएको छ भने एट्लेटिकोको समान खेलमा ४७ अंक छ । एक खेलमा कम खेलेको रियलको ४५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्