नयाँबानेश्वरका तीन घर सिल


काठमाडाैं : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए ।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा

काठमाडौं– दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको

काठमाडौं : काठमाडौँ उपत्यकामा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा थप १ सय ४४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । सोमबार

तनहुँ : तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरल वर्षासँगै आएको

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोनाको पीसीआर विभिबाट जाँच गर्न

तनहुँ : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको