विश्वभर कोरोनाबाट १ सय १७ नेपालीको मृत्यु : एनआरएनए



काठमाडौं : सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ ।

हिजो (शनिबार) साँझसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको हो ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो छ भने सबैभन्दा बढी बेलायतमा ६५ जना एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले बताए ।
यस्तै संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्