भारतले सीमा अतिक्रमण गरी बनाई रहेको बाँधप्रति सांसद शाहले गराए ध्यानाकर्षण



काठमाडौं– भारतले सीमा अतिक्रमण गरी बनाई रहेको बाँधप्रति नेकपाका सांसद प्रभु शाहले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

भारतीय पक्षले एकलौटी नेपाल/भारत सीमा क्षेत्रमा रहेको रौतहटको ईशनाथ नगरपालिका–१ बन्जरहामा रातारात पानीको बहाब समेत अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा मजबूत बाँध बनाइरहेको प्रति उनले ध्यानाकर्षण गराएका हुन् ।

भारतीय पक्षद्वारा अवैधानिक एवं अमानवीय ढंगले एकलौटी रुपमा भईरहेको निर्माण कार्यलाई तुरुन्त रोक्न तथा यी र यस्ता गम्भीर चुनौतीपूर्ण विषयहरुलाई तत्काल उच्च स्तरको कुटनीतिक पहल मार्फÞत समाधान गर्न सम्बन्धित सबै पक्षहरुसंग उनले माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्