डिल्लीबजार कारागारमा झडप, एक घाइते



काठमाडौं : डिल्लीबजार कारागारमा झडप हुँदा एक जना घाइते भएका छन् । आइतबार बिहान गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । उनको टाउकोमा चोट लागेको छ ।

गिरी वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए ।

२०६५ साउन १८ गते गिरीको समूहले मेघालाई अपहरण गरेको थियो ।

गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलित भएको डीआईजी पोखरेलले बताए । त्यहीक्रममा गिरी र अन्य कैदीबीच झगडा भएको हो ।

गिरीमाथि आर्थिक अनियमितता आरोप लगाउँदै बन्दीहरु आन्दोलित भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको डीआईजी पोखरेलले बताए ।

हाल तामाङलाई वीर हस्पिटल लगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्