मल्ल थर भएकी किशोरीसँग प्रेम गर्दा नवराज विक ज्यान गयो



रुकुम : मल्ल थर भएकी युवतीसँग प्रेम गरेको आरोपमा कुटपिट गर्दा शनिबार राति एक युवकको ज्यान गएको छ ।

शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको हो ।

सोतीस्थित सुष्मा मल्ल र नवराज विकबीच लामो सायदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराज १९ युवासहित जाजरकोटबाट शनिबार बेलुकी सोती आएका थिए ।

केटाहरु आएको खबर पाएकी सुष्माकी आमाले हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु हो । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

कुटपिटमा संलग्न १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्