मालिका ८ मा गरिएको शिल खुकुलो बनाउने



गुल्मी : मालिका गाउँपालिका वडा नम्बर ८ मा गरिएको शिल आजदेखि केही खुकुलो गराउने निर्णय गरिएको छ । छिमेकी गाउपालिका मदानेमा कोरोना सँक्रमित भेटिएपछी मालिका गाउपालिका वडा नम्बर ८ पुर्ण रुपमा शिल गरिएको थियो ।

तर आज बिहान बसेको वडाको बैठकले केही खुकुलो गराउने निर्णय गरेको हो ।

हप्तामा एक दिन पसल खोल्दा सबै एकैपटक आएर भिडभाड हुने भएकाले शनिवार बाहेक बिहान ७ बजेदेखि ९ बजेसम्म दुईघण्टा पसल खुला गर्ने निर्णय पनि गरेको वडा अध्यक्ष टीका जिसीले बताए ।

साथै आइतबार र बिहिवार बिहान १० बजेसम्म र बेलुकी ३ बजेपछी उज्यालो रहदासम्म निर्माण सामाग्री ढुवानी गर्न पाउने , मँगलबार र शुक्रबार खाद्यान्न तथा कृर्षि सामाग्री ढुवानी गर्ने र सबै बैँक तथा बितिय सँस्था बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्