जनकपुरको प्रादेशिक अस्पतालबाट संक्रमित व्यक्ति भागे



जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट एक जना कोरोना संक्रमित व्यक्ति भागेका छन् ।

अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । उनी अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।

अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित भागेपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्