जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डको जित



एजेन्सी : जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित हात पारेको छ। कोरोना भाईरसको महामारीबीच जारि खेलमा डर्टमण्डले १० खेलाडीमा सिमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै डर्टमण्डले २७ खेलमा ५७ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५८ अंक रहेको छ । पराजित वुल्फवर्ग ३९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा वायर लिभरकुसेनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-१ ले पराजित गरेको छ । वेर्डर ब्रेमेनले फ्रेईवर्गलाई १-० ले पराजित गर्दा होफेनहाइम र पाडेरबर्नले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्