भारतीय अभिनेता किरण कुमारलाई कोरोना भाइरस



काठमाडौं : भारतीय अभिनेता किरण कुमारलाई कोरोनाभाइरस (कोभिड १९) भएको छ । उनको परीक्षण गराएपछी रिपोर्ट पोजेटिभ आएको हो । उनले गत १४ मेमा आफ्नो परिक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आउने वितिकै उनले परिवारलाई छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

उनले आफु पौष्टिक खाना खाइरहेको र आफु स्वस्थ्य रहेको समेत भारतीय मिडियालाई बताएका छन् । उनलाई कुनै लक्षण थिएन तर जाँच गराएपछि पोजेटिभ देखिएको हो । पछिल्लो समय टेलिभिजनमा व्यस्त किरण ९० को दशकमा चलचित्रमा व्यस्त थिए । उनले प्राय भिलेनको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्