बास्तोलाको पार्थिव शरीरमा नेताहरूको श्रद्धाञ्जली



काठमाडौं : शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा कांग्रेसका नेताहरूले पार्टी कार्यालयमा श्रद्धाञ्जली दिएका छन्। आइतबार सानेपास्थित पार्टी कार्यालयमा बाँस्तोलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ।

 

 बाँस्कोटाका पार्थिव शरीर दिउँसो १:३० देखि अपराह्न ४ बजेसम्म पार्टी कार्यलयमा राखिने छ र त्यसपछि उनको अन्त्येष्टि गरिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। नेता बाँस्तोलाको निधनमा शोक र श्रद्धाञ्जली व्यक्त गर्नका लागि कांग्रेसले ७७ जिल्लामा ने गर्ने भनिएका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्