अमिताभले मृतक सैनिक परिवारलाई सहयोग गर्ने



एजेन्सी : अमिताभ बच्चनले कश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता  गर्ने घोषणा गरेका छन् ।

अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् । अमिताभले यसका लागि सरकारी सहायता लिइरहेका छन् ।

अमिताभले कुल दुई करोड २५ लाख भारु सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४९ सैनिक जवानको परिवारलाई दिइनेछ । अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहीद परिवारलाई ५/५ लाख भारुको आर्थिक सहायता गर्ने जानकारी दिएका छन् ।

उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्