अनुमति पाए एकसय शैय्याको कोरोना विशेष अस्पताल बनाउन तयार छु : सञ्चालक झा



जनकपुरधाम : जनकपुरधामस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजका सञ्चालक बिजय झाले प्रदेश सरकारले अनुमति दिए आफु कोरोना उपचारका लागि १ सय शैय्याको कोरोना विशेष अस्पताल बनाउन तयार रहेको बताएका छन् ।

सञ्चालक झाले प्रदेश २ का दक्षिणी सिमानाका भारतसँग जोडिएकोले प्रदेश २ मा कोरोना महमारीको उच्च जोखिम रहेको भन्दै यसको चपेटमा परेकाहरुको उपचारका लागि प्रदेश सरकारले आफुलाई अनुमति दिए आफु १ सय शैय्याको कोरोना विषेश अस्पताल बनाउन तयार रहेको बताए ।

उनले भने, प्रदेश २ मा संक्रमितहरुको संख्या निरन्तर बढिरहेपनि यहाँ उपचारका लागि कोरोना विशेष अस्पतालको अभाव छ । त्यसका निम्ति समयमै सचेत नभए स्थिती भयावह हुनसक्छ त्यसैले प्रदेश सरकारले अनुमति दिए म आफ्नो व्यक्तिगत लगानिमा आफ्नो कलेजकै भवनमा कोरोना विशेष अस्पताल बनाउन तयार छु।’

प्रदेश नम्बर २ मा कोरोना संक्रमणको तीब्र बढोत्तरी भएको अवस्थामा विभिन्न स्वास्थ्य संस्थाहरुको स्तरोन्नती तथा कोभिड १९ लेभल १ अस्पताल निर्माणमा सरकारले विशेष जोड दिएसँगै सिरहा अस्पताल सिरहामा ५० बेड तथा उक्त अस्पताल मातहत रहनेगरी महेन्द्र गेनाई अस्पताल सिरहामा नै ३० बेड,रौतहट जिल्लाको गौर अस्पताल मातहत रहनेगरी गौर नर्सिङ्ग कलेजमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड,भारदह अस्पताल सप्तरीमा ५० बेड,मलंगवा अस्पताल सर्लाही मातहत सञ्चालन हुनेगरी सर्लाही जिल्लास्थित रामनारायण यादव नर्सिङ्ग कलेजमा २५ बेड,गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी मातहत रहनेगरी सप्तरीको प्रस्तावित साईकृष्ण मेडिकल कलेज राजविराजमा ५० बेड र महोत्तरी जिल्लाको बर्दिबास अस्पताल बर्दिबासमा २५ बेड क्षमताका आइसोलेसन कक्ष सहित कोभिड १९ लेभल १ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेपनि तयारी अझै शुन्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्