देशभर हालसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ४८ हजार ८ सय १५ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ९० हजार २६ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ। जममध्ये ५ सय ४ पुरुष र ९९ जना महिला छन्।

नेपालमा हालसम्म ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल ५ सय १३ जना आईसोलेसनमा छन् भने ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्