जबरजस्ती गर्न खोज्ने प्रहरी खोरमा 



ढल्केवर : सात बर्षिया एक बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ४ बस्ने २२ बर्षिय आकाश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले सोही ठाउँकी ७ वर्षिया बालिकालाई यही फागुन २ गते ट्युसन पढाईदिन्छु भनी पीडितकै घरको कोठामा बलात्कार प्रयास गरेका थिए ।

घटनापछि पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय केशरगंजमा लिखित जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्