थप १७ जना डिस्चार्ज, नेपालमा कोरोना जित्नेको संख्या ८७ पुग्यो



काठमाडौं : आज थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । नारायणी अस्पतालमा उपचार गराइरहेका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय ७ पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बुटुवलको धागो कारखानामा रहेका १० पुरुष जना पिसिआर बिधिबाट परीक्षणमा नेगेटीभ आएपछि उनीहरुलाइ डिस्चार्ज गरिएको छ।

योसँगै नेपालमा कोरोना उपचारपछि ८७ जना घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण देखिनेको संख्या ६०३ पुगेको छ । नेपालमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्