बाहुबलीका ‘भल्लालदेव’ अभिनेता राण दग्गुबाती वैवाहिक जीवनमा बाँधिदै



काठमाडौं : बलिउड तथा साउथका चर्चित अभिनेता राण दग्गुबातीले इन्गेजमेन्ट गरेका छन् । प्रेमिका मिहिका बजाजसँग उनी वैवाहिक जीवनमा बाँधिन लागेका हुन् । इन्गेजमेन्ट गरेको फोटो सामाजिक सञ्जाल ट्वीटरमार्फत पोष्ट गदै जानकारी गराएका छन् । ट्वीटरमा उनले लामो समयको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेको जानकारी गराएका छन् ।

इन्गेजमेन्ट गरेको खबरपछि उनलाई धेरैले बधाई दिएका छन् । यसअघि मे १२ मा इन्स्टाग्राममार्फत् दग्गुबातीले मिहिकाले प्रेम प्रस्ताव स्वीकार गरेको जानकारी गराएका थिए । बाहुबलीका ’भल्लालदेव’ भनेर चिनिने राणाकी प्रेमिका बजाज हैदराबादको एक इन्टेरियर डिजाइनर हुन् ।

प्रतिक्रिया दिनुहोस्