४२ जिल्लामा फैलियो कोरोना, नुवाकोटमा पहिलो पटक संक्रमित फेला



काठमाडौं : नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको १९ जना कोरोना संक्रमित व्यक्तिमध्ये १ जना नुवाकोटका रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले योसँगै नेपालमा कोरोना संक्रमित हुने ६ सय ३ पुगेको जनाएका हुन् ।

जसमध्ये झापाका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौंका १ जनामा संक्रमण देखिएको बताए ।

रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्