मोहितको फिल्ममा दिशा र आदित्यको जोडी



एजेन्सी : माया र प्रेमको फिल्म बनाउन माहिर मानिएका निर्देशक मोहित सुरीले अब नयाँ फिल्म बनाउने भएका छन् ।

यसपालि उनले बदला र थ्रिलर कथामा आधारित फिल्म बनाउँदैछन् । यस फिल्मको लागि उनले नायक आदित्य रोय कपुर र नायिका दिशा पटानीलाई चयन गरिसकेको खबर सार्वजनिक भएको छ ।

दिशा र आदित्यलाई चयन गरेपछि मोहितले अब नायक अनिल कपुरलाई पनि फिल्ममा चयन गरेका छन् । दिशा र आदित्यको साथमा अनिलले पनि यस फिल्मको लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

उनको भूमिका पनि फिल्ममा नायक–नायिकाजतिकै बराबर भएको बताइएको छ । मोहितले यस फिल्मको छायांकन गोवामा गर्ने तयारी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्