‘हाम्रो भूमी फिर्ता गर’ भन्दै गीत मार्फत कलाकर्मी एकजुट (भिडियो)



काठमाडौं : संगीतकर्मी नेत्र भण्डारी, कृष्ण केसी, मिना लामा र सिता केसीको संयुक्त स्वरमा गीत ‘हाम्रो भूमी फिर्ता गर’ सार्वजनिक भएको छ । गीतमा प्रेम कटवालको शब्द तथा कृष्ण केसीको संगीत र एरेन्ज रहेको छ । गीतमार्फत सम्पूर्ण नेपालीहरु एकजुट भएर आफ्नो सीमा जोगाउन अघि बढ्नुपर्छ भन्ने मातृभूमी प्रतिको माया र स्नेहलाई दर्शाउन खोजीएको छ ।

यस गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, क्रन्ति केसीको सम्पादन तथा शिवन पोखरेलको निर्देशन रहेको छ । भिडियोमा चन्द्र शर्मा, शंकर विसी, पशुपति शर्मा, रमेश राज भटटराई, केपि खनाल, शिवराज कार्की, विनित अर्याल लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्