डिभिजन वन कार्यालय दोलखाका प्रमुख श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखाका प्रमुख वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठ व्यवसायीसँग घुस लिएर काठमाडौँ आउँदै गर्दा पक्राउ परेकी उनीमाथि अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम लिई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोग उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले श्रेष्ठविरुद्ध दुई लाख तीन हजार ५०० रुपैयाँ बिगो दाबी गरेको छ।
करिब दुई महिनापछि अख्तियारले मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्