सुन्दर र जवान बन्नका लागि दर्दनाक थेरापी



एजेन्सी : मानिसको आयुसँगै उसको सुन्दरता र जवानीमा परिवर्तन हुँदै जान्छ । धेरै मानिस आफ्नो आयु लम्बाउने प्रयत्नमा हुन्छन् । यसका लागि मानिसहरुले अनुहार वा छाला, कपालको स्याहार–सुसार गरिरहेका हुन्छन् ।

यसका लागि कतिले शारीरिक योग–व्यायाम गरिरहेका हुन्छन् । यसका लागि अनेक किसिमका अभ्यास पनि  गरिन्छ । यसका लागि कतिले कस्मेटिक थेरापीदेखि प्लास्टिक सर्जरीसम्म गर्ने गर्छन् । यस्ता विधि खर्चालुका साथसाथ जोखिमपूर्ण पनि हुन्छ । त्यसैले गर्दा अक्सर सेलिब्रेटीहरुले नै यस किसिमको विधि अपनाइरहेका हुन्छन् ।

यस्तोमा बलिउडदेखि हलिउड सेलिब्रेटीहरुको कमी छैन । यस्तो कलाकारहरुमा : उर्वशी रौतेलको कपिंग थेरापी, दिशा पटानी, किम कार्दशियनको भेम्पायर फेसियल, जेनिफर लोपेजको ह्युमन प्लेसेन्टा फेसियल, डेमी मूरको जोंक थेरापी, कैटी पेरीको बाइट मसाज लगायत रहेको छ ।

बलिउड नायिका उर्वशी रौतेलले आफ्नो सौन्दर्य कायम राख्नका लागि चाइनीज रिलेक्सेशन कपिंग थेरापी गराएकी छिन् । यो एक एक्युन्चर थेरापी हो । यसमा एक्युपन्चर विशेषज्ञले कटनको गोललाई मदिरामा भिजाएर काँचको स–साना कपमा राख्छन् । त्यसभित्र आगो लगाइन्छ । त्यसपछि आगो मारेर त्यो तातो काँचको कपलाई छालामा राखिन्छ । यसबाट स्किन टिस्युलाई अक्सिजन मिल्छ, जसले छालाको चमक कायम राख्छ ।

दिशा पटानी अर्थात् नायका टाइगर श्राफकी गर्लफ्रेन्ड । उनी पनि बलिउडकी हट नायिकामा पर्छिन् । यद्यपि आफ्नो चमकलाई थप बढाउनका लागि उनले कपिंग थेरापीको सहारा लिएकी थिइन् । खासगरी केही समयअघि दिशाको ढाँडमा गोलाकार निशान देखियो, यस्तो निशान कपिंग थेरापी गरेपछि देखिन्छ ।

हलिउड नायिका किम कार्दशियनको व्यक्तित्वका साथसाथै ग्लोइङ स्क्रिनको पनि करोडौं फ्यान रहेका छन् । उनलाई पनि आफ्नो सौन्दर्य कायम राख्नुपर्ने ठूलो चुनौती छ । यही चुनौतीका कारण उनी जस्तोसुकै पीडा खेप्न पनि तयार छिन् । किमले आफ्नो सौन्दर्य कायम राख्नका लागि ‘प्लेटलेट रिच प्लाज्मा थेरापी’ गराएकी थिइन् । जसलाई भेम्पायर फेसियल पनि भनिन्छ ।

यो थेरापी गराउँदा शरीरबाट रगत निकालेर त्यसमा प्लेटलेट्स, सीरम र हेमोग्लोबिन अलग गरिन्छ । त्यसपछि त्यसलाई फेरी स्किनमा इन्जेक्ट गरिन्छ । किम स्वयम्ले खुलाएकी छिन् कि, उनी आफ्ना लागि एक विशेष क्रिम प्रयोग गर्छिन्, जसको लागि उनको शरीरबाट रगत निकालिएको थियो ।

हलिउडका चर्चित गायिका जेनिफर लोपेजले पनि ग्लोइङ स्किन पाउनका लागि दर्दनाक ‘ह्युमन प्लेसेन्टा फेसियल’को सहारा लिएकी थिइन् । यस थेरापीमा गर्भवती महिलाको गर्भनालको प्रयोग गरेर फेस माक्स बनाइन्छ । खासगरी यस थेरापीमा एकदम जलनको सामना गर्नुपर्छ, त्यसैले यो निकै दर्दनाक मानिन्छ । भनिहालौं, प्लेसेन्टामा पोषक तत्व हुन्छ, जसले स्किनलाई ग्लोइङ बनाइराख्न मदत गर्छ ।

बेलायती फुटबलर डेविड बेकह्यामकी पत्नी फेशन डिजाइनर भिक्टोरिया बेकह्याम फेसियल वर्ड पू –अर्थात् चराको मलबाट गराउँछिन् । यो थेरापी आफैलाई जवान र सुन्दर राख्नका लागि गरिन्छ । यसमा चराको मल अनुहारमा लगाइन्छ । यसले छालामा चमक बनाउनका साथै जवान राख्न  मद्दत गर्छ ।

जुकाको नाम सुन्नासाथ हामीलाई डर लाग्छ । तपाईंलाई उदेग लाग्नसक्छ कि, अभिनेत्री डेमी मूरको आकर्षक अनुहारको राज जुका हो । यस थेरापीमा जुकालाई अनुहारमा राखेर रगत चुसाइन्छ, यसले विषाक्त टक्सिन चुस्छ र अनुहारमा चमक ल्याउँछ ।

कैटी पेरी र कान्य वेस्ट जस्ता सेलिब्रेटीले सुन्दरता बढाउनका लागि बाइट मसाजको सहारा लिने गरेका छन् । यस थेरापिमा पीठ पछाडि दाँतले टोकिन्छ । उनीहरुका अनुसार यो एक डीप टिस्युज मसाज हो, जसले ब्लड सर्कुलेशन बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्