राजधानीमा महारानी इभेन्ट द बेस्ट भ्यालेन्टाइन्स



काठमाडौं : युवायुवतीको सौन्दर्य, प्रतिभा र क्षमता प्रष्फुटन गराउने उद्देश्यले राजधानी काठमाडौंमा फेसन सोको आयोजना गरिएको छ । भ्यालेन्टाइन दिवसको अवसर पारेर होटल मल्लमा आयोजना गरिएको सोमा मोडल युवायुवती थरीथरीका आकर्षक पहिरनमा र्याम्पमा प्रस्तुत भए ।

व्यवसायी महिला महारानी लक्ष्मी राणाले आयोजना गरेकी सोलाई सञ्जयराज विक्रम शाहीले कोरियोग्राफी गरे । सोज टपर मोडल विक्रमकुमार साहेब भए । सर्लाहीका विक्रम केही वर्षयता निरन्तर फेस सोहरूमा देखा पर्दै आएका छन् ।

महारानी इभेन्ट द बेस्ट भ्यालेन्टाइन्स नाम दिइएको फेसन सोमा आठजना मोडलको सहभागिता थियो । जसमा विक्रमकुमार साहेब, प्रितम साह, आलु आले, दीक्षा अग्रवाल, निस्मा, प्रान्जल, मुस्कान र श्रुतिलगायत थिए ।

ट्रेडिसनल र फेसनेबल ड्रेस गरी दुई राउन्डमा सो सञ्चालन भएको थियो ।

सोमा फ्रेस मोडलका रूपमा महिलातर्फ मन्जु पुरी र पुरुषतर्फ सचिन लामा विजयी भए । पुरीलाई हिराको औंठी र र लामालाई ५० हजार नगद उपहारका रूपमा दिइयो ।

प्रतिक्रिया दिनुहोस्