भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु



चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का पुरूषको राति ३ बजे मृत्यु भएको स्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बताए ।

उनका अनुसार बिरामीमा निमोनियाको समस्या देखिएको र अस्पताल ल्याइपुर्याउँदा उनको अवस्था निकै गम्भीर थियो । अस्पतालले उनलाई बचाउन हर सम्भव प्रयास गर्यौं तर बचाउन नसकिएको बताए ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्