एकैचोटि १८ जना कोरोनामुक्त, निको हुनेको संख्या सय नाघ्यो



वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने १८ जनामा शिशु र बालबालिका पनि रहेको अस्पतालका मेसु डा मदन उपाध्यायले जनाकारी दिए।

डिस्चार्ज भएका १८ जनामध्ये एक जना २ महिने शिशु र १० बालबालिका रहेका छन् । उनीहरु वीरगन्ज ३ छपकैयाको एकै परिवारका सदस्य हुन् ।

आइतबार राति डिस्चार्ज गरिएको थियो । जसमा २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्।

उक्त परिवारका एक ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

योसँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्