नेपाली नागरिकको उद्धारमा पनि सक्रिय भारत, विभिन्न देशबाट चारको उद्धार



काठमाडौं– चितवनकी सेविका ढकाल महर्षि मार्कंडेय विश्वविद्यालयमा बीबीए गर्दै गर्दा इन्डोनेशिया एयरलान्गा विश्वविद्यालयको साथ आदानप्रदान कार्यक्रमको भाग लिन् पुगिन् ।

डेढ वर्षको पढाईपछि उनी उनको विभागको अन्य दुई साथीसँग आदानप्रदान कार्यक्रममा पुगेकी थिइन् । ढकाल तीन महिनाको लागि इन्डोनेशिया पुगेकी हुन् ।

कोरोना भाइरसको कारण विश्व नै त्रसित भइरहेकाबीच विश्वविद्यालय फर्कने विकल्प बाहेक अन्य केही नभएकाबीच लकडाउनका कारण अलपत्रको अवस्था सिर्जना भयो । नेपालमा पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण स्वदेश फर्कनको लागि सम्भव रहेन ।

भारतले आफ्नो नागरिकलाई आफ्नो देश फिर्ता गर्नको लागि विमान चार्टर गरेको थियो । तर त्यो केवल भारतीय नागरिकको लागि मात्र थियो । ढकालको लागि उक्त विमानमा फर्कने सम्भावना अत्यन्तै न्यून थियो ।

भारतीय नागरिकको उद्धारको लागि चार्टड भएको विमानमा उनको लागि पनि ठाउँ रहेको दुतावासले आश्वासन दिइनै रहेको थियो । उनलाई दुतावासले नआत्तिनको लागि पनि आग्रह गरेको थियो ।

ढकालले पनि आफूले भयाएसम्म हरेक प्रयास गरिन् । नेपाल सरकारसँग कुरा गरिन् । नेपाल सरकारले भारत सरकारसँग कुरा ग¥यो र भारतसरकारले इन्डोनेशियामा रहेको भारतीय दुतावाससँग कुरा गरेर उनको मद्दत ग¥यो ।

उनले अप्ठेरो परिस्थितीमा पनि हिम्मत राख्नको लागि आग्रह गरेकी छन् । उनी भन्छिन्– ‘तपाईको सबै भन्दा ठूलो साथी नै हिम्मत हो । मेरो हिम्मत दुतावास पनि बन्यो ।’

सहयोग गरेकोमा उनले भारतीय दुतावासलाई धन्यवाद दिएकी छन् । साथै उनले नेपाल सरकार प्रति पनि आभारी छन् । उनी एआई १०३९ विमान बाट भारत फर्किएकी हुन् ।

ढकाल बाहेक भारतले अन्य तीन नेपालीलाई पनि उद्धार गरेको छ । अर्जुन प्रसाद तिमिल्सना, विश्व तिमिल्सना र मुक्ति प्रसाद तिमिल्सना AI-301 SYD-DEL-AMD को विमानमा बाट फर्किएको बताइएको छ ।

उनीहरूको उद्धारको लागि नेपाल दूतावासले अनुरोध गरेको थियो। बोन म्यारो प्रत्यारोपणको कारण दूतावासले सहयोगको अपिल गरेको बताइएको छ ।

बिरामी, उसको भाई (दाता) र बुबा (हेरचाहकर्ता) लाई सिधै दिल्लीको बिकेएल अस्पतालमा लगिएको छ भने बिरामीबाहेक अन्य दुई पनि अस्पतालमा नै क्वारेन्टाइनमा रहेका छन् ।
कोरोनाकोसबै परीक्षको नतिजा नेगेटिभ आइसकेपछि दूतावासले उडानको लागि फिट रहेको भन्दै स्थानीय अस्पतालको स्वीकृति पत्रको साथ भारत सरकालाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्