ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु


फिदिम : इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए । प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

झापा : झापाका दुई विद्यालयमा पठनपाठन शुरु भएको छ । जिल्लाको शिवसताक्षी–३ को शान्ति आधारभूत

परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न

भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा

काठमाडौं– दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४

जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको

काठमाडौं : काठमाडौँ उपत्यकामा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा थप १ सय ४४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । सोमबार

तनहुँ : तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरल वर्षासँगै आएको

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोनाको पीसीआर विभिबाट जाँच गर्न

तनहुँ : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको