‘कट्टा’ पेस्तोलसहित इसराफुल पक्राउ 



जनकपुरधाम : प्रदेश २ को सिरहामा अवैध पेस्तोल फेला परेको एक दिन नबित्दै प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । 

धनुषा प्रहरीले जनकपुरधाम–२० देवपुरारुपैठाबाट ३२ वर्षीय इसराफुल खानलाई पक्राउ गरिएको जानकारी आइतबार दिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खानको घरमा तलासी गर्दा बाकसमा लुकाइएको अवस्थामा कटुवा पेस्तोल एक थान र पेस्तोलमा प्रयोग हुने गोली दुई राउन्ड फेला परेपछि उनलाई पक्राउ गरेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्