सोमबार थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५



काठमाडौं– सोमबार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोराना संक्रमितको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्